प्रथम अन्तरपालिका फुटबल: उपाधिका लागि हेटौंडा र थाहा भीड्ने

टुडे संवादाता
२४ मंसिर २०७८, शुक्रबार ११:५३

हेटौंडा/ हेटौंडा ४ स्थित हुप्राचौरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरिय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका बिच प्रतिष्पर्धा हुने भएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा बागमती गाउँपालिकालाई पराजित गर्दै हेटौंडाले फाईनल भिड्न्त पक्का गरेको हो ।

बिहीबार भएको दोस्रो सेमिफाईनलमा हेटौंडाले बागमती गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो मिनेटमै हेटौंडाका विनोद घलानले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।
२४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए । भने, खेलको दोस्रो हाफको अतिरिक्त समयमा हेटौंडाका मनोज लामाले गोल गर्दै हेटौंडालाई फाईनलमा पु¥याए ।

खेलको म्यान अफ दि म्याच बागमतीका बाबुराम माझि घोषित भए ।

हेटौंडाले अब उपाधिका लागि शनिबार थाहा नगरपालिकासंग प्रतिष्पर्धा गर्ने छ । थाहा नगरपालिकाले बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भीमफेदी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*