कांग्रेस महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइयाे

टुडे संवादाता
२०७८ मंसिर २९, बुधबार १४:३८ गते

काठमाडौं/नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनको क्रममा राखिएका प्रचारप्रसार सामग्री हटाएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपसहित काठमाडौंका विभिन्न क्षेत्रमा राखिएका प्रचार सामग्री बुधबार विहानबाट हटाएको हो । काठमाडौँ उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्री केन्द्रीय प्रचारप्रसार समितिले हटाउन थालेको नेता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सरसफाई अभियान अन्तरगत शर्मा आफैंले आफ्नो प्रचार सामग्री हटाउँदै अभियानको शुभारम्भ गरेका थिए । उनले महाधिवेशनस्थल र उपत्यकामा रहेका प्रचार सामग्रीलाई हटाउने क्रम जारी रहने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*