भोट माग्न आउनेले समस्या बुझ्न आएनन् , मागेको पैसाले कोठाभाडा तिर्ने कि खाने ?

टुडे संवादाता
६ पुष २०७८, मंगलवार १७:३७

हेटौंडा/दिउँसोको समयमा तपाई हेटौंडाको सिमाचोक पुग्नु भयो भने त्यहाँ एक बृद्धा मागिरहेको देख्न सकिन्छ ।उनको नाम कृष्ण बहादुर कार्की हो । कार्की हेटौंडा १० स्थित भूटनदेवीमा कोठा भाडामा बस्दै आएका छन् ।
शारीरिक रुपमा अशक्त रहेका कार्कीको एउटा खुट्टा छैन् । उनी जिविको पार्जनको लागि दिनभर माग्ने गर्दछन् । घाम,पानि भोक प्यास न भनि उनी आफ्नो रोगि श्रीमतिको औषधी,बाल बच्चाको पालन पोषण र पढाई खर्च जोह गर्न सडक पेटिमै माग्न पर्ने बाध्यता रहेको छ ।

केही वर्ष पहिला उनी डकर्मी पेशा गर्दथे । डकर्मीकाम गर्दैगर्दा एकदिन कार्कीको खुट्टामा रड गाडियो र उनले एउटा खुट्टा गुमाउनु परेको कार्की बताउँछन् । घरमा कमाउने मुख्य व्यक्तिले खुट्टानै गुमाएर अशक्त भएपछि उहाँको जीवनमा दुखका दिनहरु सुरुभएको उनले बताए ।

कार्कीको परिवारमा श्रीमती र ४ जना छोराहरु छन् । श्रीमती पनि बिरामी रहेको र २ जना छोराको विद्यालय भर्ना गर्ने उमेर भएता पनि आर्थिक स्थिति कमजोर भएकाले विद्यालय भर्ना समेत गर्न नसेकेको र अहिले मुस्किलले हेटौंडाको ज्ञानदा माबि मा भर्ना गरेको छ । कोठा भाडामा बसिरहेका कार्कीको परिवारमा कमाउने अन्य व्यक्ति नहुँदा जीवन निकै कष्टकर बनिरहेको छ ।

संविधानमा मौलिक हकको रुपमा गाँस, बास, कपासको व्यवस्था गरिएता पनि वास्तविक जीवनमा भने यसको महसुस गर्न नपाएको उहाँले बताउनुभयो । आफू एक नेपाली नागरिक भएको र यो देशको एउटा मतदाता रहेको भन्दै आफूलाई परेको समस्याप्रति कसैले वास्ता नगरेकोमा कार्कीले दुःख व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न व्यक्तिहरुले सहयोग गर्ने भन्दै आउने र आश्वासन दिएपनि कसैले पनि पूरा नगरेको बताउनुभयो । आफ्नो घर नभएको, दुईछाक खानाका लागि पनि समस्या रहेको र गाँस, बास, कपासका लागि सरकारसँग गुहार मागेपनि नसुनेको कार्कीले बताउनुभयो ।

थप सामाग्री भिडियोमा हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*