पत्रकारलाई सुत्केरीभत्ता र उपचार खर्च

टुडे संवादाता
२०७८ पुष १०, शनिबार १७:५८ गते

हेटौंडा /प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भएको अबस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

संगठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।
संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ती ब्यतित गरिसकेको भएपनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले प्रेस संगठन मकवानपुरले अग्रज पत्रकारहरुको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

यसैगरी सुत्केरी अबस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै संगठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाई छ । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस
सेन्टर वाग्मती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासंघ बागमती महासचिब कृष्णसारु मगर लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*