हेटौंडा। हेटौंडामा रहेको रिद्धि सिद्धि सिमेन्टको कच्चा पदार्थ बोक्ने टिपरले क्षमता भन्दा बढी भार बोकेको पाईएको छ । आज हेटौंडाको सामरी पुलमा स्थानीयले क्षमता भन्दा बढी भार बोकेको पाईएकाले स्थानियले करिब २ घन्टा जति टिपरलाई रोकेका थिए । १० चक्के र ६ चक्के टिपरले तोकिएको भन्दा बढि भार बोकेर सामरी पुलबाट आउने जाने गर्ने गरेको स्थानियको आरोप रहेको छ । बढी भार बोक्ने सवारीमा अधिकांश हेटौंडामा रहेको रिदि सिद्धि सिमेन्ट उद्योग को कच्चा पदार्थ बोकेर चलाउने गरेको टिपरल चालक बताउछन । सामरी पुलको क्षमता भन्दा बढी लोड भएका टिपरहरु ओहोरदोहोर गर्दा पुलमा क्षति पुग्ने सम्भावना रहेकाले स्थानियले कच्चापदार्थ बोकेको टिपरलाई रोकेका थिए साथै भाटभटिनिको सुरुवात सङै आजभोली चौकिटोलको सड्क अहिले ब्यस्त रहेकले टिपरबाट ढुङ्गा झर्ने सम्भावना रहेकाले दुर्घटना हुन बाट पहिलानै सचेत हुनु पर्ने स्थानियको माग रहेको छ ।






















