जुत्ता चप्पल व्यवसायी संघको तेस्रो वार्षिकोत्सवमा आश्रमलाई सुरक्षा सामग्री सहयोग

टुडे संवादाता
२०७८ पुष १३, मंगलवार १५:५६ गते

हेटौंडा/जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा एक बृदा आश्रमलाई सुरक्षा सामग्री सहयोग गरेको छ । हिजो (सोमबार) भएको तेस्रो स्थापना दिवसमा संघले हेटौंडा २ चौकिटोलमा रहेको ओम बृदाआश्रममा खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।
आश्रमका अध्यक्ष सिद्दिलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष रामहरी तिमसिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका महासचिव केदार नाथ दुलाल लगायत पधाधिकारी हरुको उपस्तिथी रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*