मकवानपुरगढी दरबार नजिकै दरबार रेस्टुरेन्ट एण्ड दरबार पाहुना घर संचालनमा

टुडे संवादाता
१३ पुष २०७८, मंगलवार १६:२२

हेटौंडा/मकवानपुरगढीमा गाउँपालिका वडा नम्बर २ मा रहेको दरबार रेस्टुरेन्ट एण्ड दरबार पाहुना घर (लज) संचालनमा आएको छ । मकवानपुरको पर्यटकीय क्षेत्र ऐतिहासिक गढी दरबार नजिकै दरबार रेस्टुरेन्ट एण्ड दरबार पाउना घरको सुरुवात भएको हो ।
बिगत ३ वर्ष देखि सन्चालनमा रहेको दरबार रेस्टुरेन्टलाई परिमाजित गरी पुनः नयाँ व्यवस्थापनको साथ सेवा सुबिधाहरु थप गरि दरवार रेस्टुरेन्ट एण्ड दरबार पाउना घरको रुपमा संचालनमा आएको सन्चालक गम्भिर न्यौपानेले हेटौडा टुडेलाई जानकारि दिनुभयो ।

गढी दरबारको दुश्यावलोकन गर्नको निम्ति जिल्ला भित्र र जिल्ला बाहिरबाट पर्यटकहरु आउने गरेको र बास बस्नको निम्ति हेटौंडा बजार जान पर्ने बाध्यता रहेकाले अब यो समस्याको समाधान गनको निम्ति पाउना घर सञ्चालनमा आएको न्यौपानेले बताएका छन् ।

दरबार रेस्टुरेन्ट एण्ड दरबार पाउना घरमा विशेषत कालिजका मासुको परिकार लोकल कुखुराको मासु, कोदाको ढिडो, फापरको ढिडो देखि शाहाकारी भोजन रहेको छ । पुर्ण शान्त अनि पारिवारिक वातावरणमा  रेस्टुरेन्टमा जन्मदिन बैवाहिक वर्षगाँठको पाटि , ग्यादरिङ र मिटिङ हलको पनि व्यवस्था रहेको छ । साथै एसि,डिलक्स रुम , तातो पानि चिसो पानि , नर्मल रुमहरु उपलब्ध छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*