हेटौंडा/चिसो बढे सँगै हेटौंडाका तरकारि तथा फलफूल व्यावसायीहरु मारमा परेका छन् । चिसोको कारण ग्राहकहरुको चहलपहल कम रहने र चिसो सँगै तरकारीको मूल्य पनि बढ्ने भएकोले तरकारी तथा फलफूलहरुले राम्रो बजार नपाएको हेटौंडाका एक व्यावसायी सुरेश पौडेलले बताउनु भयो ।
तरकारिको सिजन यहि रहेता पनि चिसोमा भने राम्रो आम्दानी निकाल्न नसकेको र तरकारी बिक्री नभएको कारण तरकारी फाल्नु समेत परेको उनी बताउँछन् ।
त्यसै गरि अर्को व्यावसायी सुर्य माया तामाङ साग बेच्दै आइरहनु भएको छ ।
उनि बिहान ५ बजे देखि साझ ६ बजे सम्म साग लिएर बस्नु हुन्छ । उहाँ भन्नुहुन्छ दिउँसो भरि बस्दा पनि व्यापार छैन । एक दिनमा साग बिक्री गर्न सकिएन भने फाल्न् पर्ने अवस्था हुन्छ । चिसोको कारण घाटा व्यर्होनु परेको बताउँछिन् ।
तरकारीहरु बाट राम्रो बजार नपाउँदा व्यावसायीहरु मारमा परेका छन् । तरकारीहरु फाल्न समेत पर्ने भएको कारण व्यावसाय घाटामा गएको गुनासो समेत पोखेका छन् ।


















