
हेटौँडा/ नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छन् । हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय जिल्ला कमिटी बनेको छ । यसैगरि,कमिटीको उपाध्यक्षमा लालबहादुर थापा,सचिवमा नविन सिग्देल,उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत चयन भएका छन् ।अध्यक्ष पदमा बद्रीप्रसाद लम्साल र एकलाल श्रेष्ठले उम्मेदवारी दिएका थिए । पार्टी मकवानपुरको ११ औँ अधिवेशनमा नेतृत्व चयनका लागि आकाँक्षीहरु धेरै देखिएपछि पुस २३ गते सुरु भएको अधिवेशन आजसम्म लम्बिएको हो ।


सेयर गर्नुहोस्