मकवानपुरगढी ५ र ३ जोड्ने सामरी खोलामा मिनिपुल बन्दै

टुडे संवादाता
२६ पुष २०७८, सोमबार १७:०३

हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र ३ जोड्ने सामरी खोलामा मिनिपुल निर्माण कार्य भईरहेको छ । स्थानियहरुलाई खोला तर्नबाट बञ्चित गराउनको लागि उक्त मिनि पूल निर्माण हुन लागेको हो । वर्षेनी सामरि खोलाको डर मान्दै खोला तर्नेहरुको लागि यसले खुसि ल्याएको छ ।

पुल निर्माण काम अन्तरगत हाल सम्म बेस र पिल्लर हाल्ने कार्य सम्पन्न भएको र यस आर्थिक वर्षमा काम सम्पन्न हुने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुँमागाईले बताउनु भयो ।

प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ६० लाखको लगानिमा उक्त पूल र्निमाण हुने लागेको र जसमा २० लाख प्रदेश सरकारको र बाँकी ४० लाख गाउँपालिकाको बजेट रहेको पनि अध्यक्ष हुँमागाईले हेटौंडा टुडेलाई बताउनु भयो ।
गरि उपभोक्ता समितिलाई जिम्मेवारि दिएर काम अगाडि बढाइएको र १ हजार धुरिलाई धान्न सक्ने उक्त पूलमा अटो, बाइक र मान्छेहरु मात्रै ओहोरदोहोर हुन सक्ने क्षमताको पुल निर्माण हुन लागेको पनि अध्यक्ष हुँमागाईले बताए ।
सो पुलको शिल्यान्याश गाउँपालिकाको अध्यक्षद्वारा गरिएको पुलको लम्बाई ४० मिटर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*