हेटौँडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले नियमित दिदै आएको सेवालाई माघ १४ गते सम्म स्थगन गरेको छ।

माघ ९ गते आइतबारबाट ६ दिन नयाँ नागरिकात तथा प्रतिलिपी,संघ,संस्था नाबालक परिचयपत्र र राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरेको हो।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी सूचनामा कार्यालयका कर्मचारीलाई कोभिड संक्रमण देखिएको र कोभिडलाई मध्यनजर गर्दै सेवाग्रीको प्रत्यक्ष सम्पर्क हुने कामलाई माघ १४ गते सम्मलाई स्थगन गरेको जनाइएको छ।
सेयर गर्नुहोस्






















