स्थानीय निर्वाचन घोषणा र मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै बुद्धचोकमा प्रदर्शन

हेटौंडा टुडे
१२ माघ २०७८, बुधबार १८:२०

हेटौंडा । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपालले हेटौंडामा प्रदर्शन गरेको छ ।हेटौंडाको बुद्धचोकमा स्थानीय निर्वाचनको मिति घोषणा गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनिहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर,पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर,सरकार अत्ति गर्,अत्याचार नगर मूल्यवृद्धि फिर्ता गर,स्थानीय तह निर्वाचन सार्ने गठबन्धन सरकारको निर्णयको प्रतिकार गरौ’ लेखिएको प्ले कार्ड बोकेका थिए साथै संघले हेटौंडाको बुद्धचोक प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेको थियो । प्रदर्शनमा युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यद्वय आरती पाठक, दिलु घर्ती, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती तथा नगर अध्यक्ष राकेश नगरकोटीले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*