हेटौंडा १९ नेवारपानीमा सवारी दुर्घटना, हेटौंडा १० का श्रेष्ठको मृत्यु

टुडे संवादाता
२०७८ माघ २३, आईतवार १६:०७ गते

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित नेवारपानीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा १० का एक पुरुष रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत आइतबार दिउँसो मनहरीबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसा बाट आउदै गरेको एनएल –०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्याँस बुलेटले ठक्कर ठक्कर दिँदा स्कुटरमा सवार हैटौंडा–१० टिसिएनरोड बस्ने अन्दाजी ५०/५१ बर्षीय बुद्धि बहादुर श्रेष्ठको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर देवेन्द्र दासले बताए ।

गम्भिर घाईते उनको उपचारको क्रममा हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*