नेपाली कांग्रेस मकवानपुरको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका नेता जयराम लामिछानेले नगरस्तरीय प्रतिनिधिहरूको भेटघाट कार्यक्रमु आयोजना गरेका छन् । सोमबार हेटौंडामा लामिछानेले प्रतिनिधिहरुसँग परिचयात्मक भेटघाट गर्दै कार्यक्रमको सुरुवात गरेका छन् ।
पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा आफू मकवानपुरको धेरै कांग्रेसीहरुबाट अपरिचित भएको महसुस गर्दै लामिछानेले सो कार्यक्रमको आयोजना गर्दै आफ्नो परिचय र राजनीतिक पृष्ठभुमि बारे प्रतिनिधिहरुलाई अवगत गराएका थिए । आफूले काम गरेको तर प्रचार नगरेको भएर धेरै आफूलाई नचिनेको हुन सक्ने उनको भनाइ छ । उनले भने पार्टी एउटा बस हो, सदस्यहरु यात्री र चुनाव भनेको त्यो बसमा भएको यात्रुहरुलाई सकुशल गन्तव्यसम्म पुर्याउन चालक छ्नौट गर्ने विधि हो । जिते यात्रुहरुलाई सकुशल गन्तव्यमा पुराउँछु, हारे सह-चालक भइ चालकलाई सघाउने काम गर्छु । आफू सभापति भए मकवानपुर कांग्रेसको विकासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट दातृ सहयोग लेराउन पहल गर्ने अथवा पार्टीको केन्द्रसँग समन्वय गरि विविध कार्यक्रम ल्याउन र कांग्रेस मकवानपुरको नेतृत्व लिन सक्षम रहेको लामिछाने बताउँछन् ।
उक्त कार्यक्रम मार्फत वर्तमान जिल्ला सचिव आनन्द कठायत र प्रवक्ता प्रदीप कोइरालाले उपसभापति, जिल्ला सदस्य भीमसेन महत र तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले सचिव, इन्दिरा न्यौपानेले सहसचिवमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै जिल्ला सदस्यको लागि तारा कुमारी राइ कार्की, पूर्ण प्रसाद पुडासैनी, यादवराज उप्रेती, नन्दलाल दास, सुशिला न्यौपाने र मनमाया नेपालीको उम्मेदवारी रहेको छ । कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापतिद्वय माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, कांग्रेस नेतृ उमा दाहाल र मकवानपुरका जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । लामिछाने निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष र नेपालमा विकासवादी नेताको रुपमा परिचित छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका थिए ।
ध्चष्तभ तय म्भखपयतब प्बलअजय ःबलयव





















