हेटौंडा। नेपालि काग्रेश मकवानपुरको सभापतिमा जयराम लामिछानेले आफ्नो प्यानलनै घोषणा गरेका छन् । शुक्बार साझ पत्रककार सम्मेलन गर्दै उहाँले प्यानल घोषणा गरेर आफ्ना प्रतिनिधिहरुसंग मत समेत मागेका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यहि फागुन १५ गते हुन गइरहेको मकवानपुर जिल्ला अधिवेशनको लागि लामिछानेले आफ्नो प्यानल घोषणा गरेका हुन् ।
लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई–दुईजना हुने व्यवस्था रहेको छ । लामिछाने समुहले जिल्ला सदस्यहरुमा तारा राई कार्की, पूर्णप्रसाद पुडासैनी, गोपीराम बल, शिवप्रसाद खनाल, सुशीला न्यौपाने बुढाथोकी लगायत उम्मेदवार बनाउने तय गरेको छ ।
सम्पादकीय :नेपालि कांग्रेस मकवानपुरमा हुनु पर्ने मा का भएकोले सच्चाईएको छ






















