शुक्रबार मकवानपुरगढीको सबै वडा बालमैत्री घोषणा हुदैं

हेटौंडा टुडे
२०७८ फाल्गुन २६, बिहीबार २०:५७ गते

हेटौंडा । मकवानपुरगढी गाउँपालिकालाई यहि चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने भएको छ । बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले घोषणाको अन्तिम चरणमा पुगेको छ । भोली शुक्रबार आठ वटा वडाहरु बालमैत्री घोषणा गरिने र चेत्त १२ गते शनिबार गाउँपालिका बालमैत्री घोषणा गरिदै छ । वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा पश्चात वडालाई बालमैत्री घोषणा गरिने छ । गाउँपालिकाले अनुगमन र मुल्यांकन पछि कार्यपालिकाको बैठक बसेर भोली गाउँपालिकाको ८ वटै वडा वडा घोषणा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । उनले वडाहरु घोषणा भएसँगै गाउँपालिका घोषणा गर्न भने सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारले अनुगमन, मुल्यांकन हुने र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि घोषणा गरिने पुडासैनीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*