हेटौंडा । मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न अनुमति प्राप्त भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीवार गाउँपालिकालाई अनुमति प्रदान गरेको हो । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई अनुमति पत्र प्रदान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं र प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ वटै सूचक पूरा गरेर गाउँपालिका घोषणा अनुमतिका लागि जिल्ला समन्वय समिति मकवानपुरलाई सिफारिस गरेका थिए । समितिले गाउँपालिका अनुमगन पश्चात अनुमतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।
गाउँपालिकाले मकवानपुरगढी–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको खेल मैदानमा १२ चैत शनिवार बालमैत्री स्थानीय तह घोषणा हुने विहीबार पत्रकार सम्मेलन मार्फत गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारि दिनु भयो । शनिवार दिउँसो १२ बजे वडा नम्बर ५ धादिङ खेलमैदानमा हुनेछ ।