हेटौंडा । व्यक्तिले राखेका इजाजत प्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ ।
आगामी स्थानीय तह निर्वाचनलाई सुरक्षित, भर भर्दो एवं विश्वसनीय बनाउन भन्दै जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चै बुझाउन जिल्ला प्रशासनले निर्देशन दिएको हो । ‘स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वासिलो बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत ३० गतेभित्रमा नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरिन्छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।
सेयर गर्नुहोस्






















