सहकारी दिवसको अवसरमा हेटौंडामा २५ जनाले गरे रक्तदान

हेटौंडा टुडे
२०७८ चैत्र १८, शुक्रबार २१:१३ गते

हेटौंडा । सहकारी दिवसको अवसरमा आज बिहिवार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । हेटौंडाको बुद्धचोकमा कार्यक्रम आयोजना गरिएको हो । ६५ औं राष्ट्रिय सहकारी दिवस को अवसरमा बागमती प्रदेश स्तरीय मुल आयोजक समितिले कार्यक्रमको आयोजना गरेको हो । बिहान ७ बजे आयोजना गरिएको कार्यक्रममा ५ जना महिला र २० जना पुरुष गरि २५ जनाले रक्तदान गरेको राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा रामेश्वर अर्यालले बताउनुभयो ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटा , बागमती प्रदेश सहकारी महाशाखाका रजिस्ट्रार नारायण प्रसाद ज्ञवाली , राष्ट्रिय सहकारी महासंघ नेपालका निवर्तमान संचालक बद्री प्रसाद लम्साल , प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक राधा सिंतान , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी , मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने , जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष राजु दर्लामी लगायतकाको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*