हेटौंडा । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्ने देखि इन्धन लोड अनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । निगमका अनुसार ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्नेगरी सहमति आजकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने सहमती भएको हो ।
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।
सेयर गर्नुहोस्






















