हेटौंडा सिमेण्टको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त

हेटौंडा टुडे
२०७८ चैत्र २७, आईतवार १७:३१ गते

हेटौंडा । हेटौंडामा रहेको सिमेण्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा नेपाल सरकारले बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा तीन जनाको नाम सिफारिस भएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गठित छनोट समितिले नाम सिफारिस गरेको थियो। महाप्रबन्धक नियुक्तिका लागि गत माघ २६ गते सूचना प्रकाशन गरिएको थियो। उक्त पदका लागि १२ जनाले आवेदन दिएका थिए। ती मध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस भए पनि जसमध्येबाट पाण्डेलाई नियुक्त गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*