हेटौंडा २ को वडा अध्यक्षमा न्यौपानेको दावी

हेटौंडा टुडे
२०७९ बैशाख २, शुक्रबार २२:५३ गते

हेटौंडा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता माधव न्यौपानेले वडा अध्यक्षमा दावी गरेका छन् । २ नम्बर वडामा पुस्तौनि बसोबास गरेका न्यौपानेले उमेदवारी दिने पक्का पक्की भएको छ । हेटौंडा २ मानसचोक निवासी न्यौपानेले १ दर्जन सामाजिक संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएका छन् । कोरोना भाईरस कोभिड– १९ को पहिलो लकडाउनमा ज्यानको परवाह नगरी फिल्डमा खटिएका न्यौपाने त्यसताका निकै लोकप्रिय बनेका थिए ।
हेटौंडा २ मै सुस्ताएको पुरानो संस्था मानस क्लबलाई पुनःजिवित बनाएर ८ बर्ष उक्त क्लबलाई हेटौंडामै लोकप्रिय बनाउन न्यौपानेकै नेतत्व रहेको थियो । मकवानपुर उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्षसम्म भएर राजनीतितर्फ होमिएका न्यौपानेले लायन्स क्लब, गैसस महासंघ जिल्ला शाखालगायत जिल्ला स्तरीय बिभिन्न संघ संस्थामा नेतृत्व सम्हालेका छन् ।
हेटौंडा ४ को आधुनिक राष्ट्रिय माध्यमिक बिद्यालयबाट प्रवेशिका परिक्षापछि काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक सकेपछि उनी हेटौंडा फर्केर हेटौंडामै क्रियाशिय रहेका छन् । बिगत २१ बर्षदेखि हेटौंडाको लोकप्रिय दैनिक हेटौंडा सन्देशको जिम्मेवारी सम्हालेका न्यौपाने सामाजिक क्षेत्रका बिज्ञ ब्यक्तिका रुपमा परिचित हुन् । स्कुले जीवनदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहेको र पाटीका नेताहरुले पनि तिमी अब प्रत्यक्ष राजनीतिमा आउनु पर्छ भनेकोले यस पटकको वडा अध्यक्षको टिकट पाउनेमा म आशावादी छु न्यौपानेले भने । यसअघिको निर्वाचनमा पनि दावी गरेपछि अग्रज ब्यक्तिको लागि त्याग गरेको न्यौपाने यस पटक हेटौंडा उपमहानगरपालिका–२ को वडाध्यक्ष पदको लागि मैले नेपाली कांग्रेसबाट दाबी पेश गरेको छु’ टिकक पाउनेमा आशावादी पनि छु ।’
२०२९ सालमा मकवानपुरको नामटारमा जन्मिएका न्यौपाने कक्षा २ देखि आध्ुनिक राष्ट्रिय माविमा स्कुले जिवन बिताएका थिए । २०४८ सालको संसदीय निर्वाचनमा २० जना सहयोगि लिएर नेपाली काग्रेसमा आवद्ध भएका थिए । नेपाल तरुण दलको नगर कोषाध्यक्ष, नेपाल प्रेस युनियनको कोषाध्यक्षलगायका पदमा रहेर सफल बनेका न्यौपाने वर्तमान सभापति ईन्द्र बानिया र आनन्दराम पराजुलका समकक्षी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*