रानी वनद्वारा ४ विद्यार्थीलाई छात्रवृती वितरण

हेटौंडा टुडे
२०७९ बैशाख ५, सोमबार १२:१० गते

हेटौँडा/ हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति रकम वितरण गरेको छ । समूहले आफनो सेवा क्षेत्रभित्र बसोबास गरेका जेहेन्दार, गरिव, जनजाती र दलित विद्यार्थीहरुलाई छात्रवृति रकम वितरण गरेको हो ।

समूहले बंशगोपाल मावि चौघडा कक्षा ९ मा अध्ययनरत शान्ति कुमारी साह र  प्रकृति अधिकारी,भानु मावि मक्रान्चुली कक्षा ११ मा अध्ययनरत भरोसा सापकोटा र कक्षा १२ मा अध्ययनरत सुधा सापकोटालाई जनही ५ हजारका दरले छात्रवृति रकम वितरण गरिएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए ।

वन उपभोक्ता समूहले विगत १५ वर्ष देखी आफ्नै स्रोत त साधनबाट वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्यययनरत जेहेन्दार,गरिब विद्यार्थीलाई छात्रवृती दिदै आएको छात्रवृत्ति संयोजक तथा वन समूहकी सचिव नानीमाया रुम्बाले

रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा(६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा समूहका सल्लाहकार बलराम अधिकारी,चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार प्रसाद गौतम,न्युरेनी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रामचन्द्र अधिकारी,उन्नती आयआर्जन महिला समूह अध्यक्ष विमला कुमारी दंगाल,लगनशील आयआर्जन महिला समूह अध्यक्ष जोगमाया राई,रानी सामुदायिक वन उपभोक्ता समूह उपाध्यक्ष केशव प्रसाद धिताल सहित रानी सामुदायिक  वन उपभोक्ता समूहका पदाधिकारीको उपस्थिती रहेको थियो।छात्रवृत्ति कार्यक्रमका प्रमुख अतिथि चौलागाई र वन समूहका अध्यक्ष न्यौपानेले संयुक्त रुपमा प्रदान गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*