नेपाली कांग्रेस हेटौँडाले आकस्मिक पत्रकार सम्मेलन गदै

हेटौंडा टुडे
२०७९ बैशाख ७, बुधबार १४:०० गते

हेटौँडा/ हेटौँडा उपमहानगरपालिका नेकपा एकिकृत (समाजवादी)को भागमा परेपछि रुष्ट बनेको नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिले आज आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ । हिजो (सोमबार) मात्र हेटौँडाको १९ वटै वडा सभापति सहितको उपमहानगर समितिको पदाधिकारीको बैठकले हेटौँडाको सबालमा मेयर सहित अधिकांश वडाहरु नपाएको खण्डमा गठवन्धनबाट बाहिरिएर मित्रवत प्रसतस्पर्धा गर्ने घोषणा गरेको थियो । तर हिजै मध्यरातमा भएको पाँच दलीय भागवण्डामा हेटौँडा उपमहानगरपालिका समाजवादीको भागमा परेपछि कांग्रेसले आज दिउँस आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको हो । आज  कांग्रेस जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि नगरले केन्द्रको निर्णयको विषयमा धारणा सर्बजनिक गर्ने श्रोतको भनाई छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*