हेटौँडा/ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।
महानगर प्रमुखमा पुनस् उम्मेदवार बन्ने तयारीमा रहेकी दाहालले सोही प्रयोजनका लागि शुक्रवार राजीनामा दिएकी हुन् ।
रेनुले बुझाएको राजीनामा उपमेयर पार्वती शाह ठकुरीले शुक्रवार नै स्वीकृत गरेकी छन् ।
निर्वाचन आचारसंहिताअनुसार पुनस् उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।
सत्ता गठबन्धनको भागबण्डामा भरतपुर महानगरपालिका माओवादीको केन्द्रको भागमा परेको छ ।
कांग्रेसको उम्मेदवार नहुने भएकाले यसपटक पनि रेनुको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवारसँग हुँदैछ ।
एमालेबाट भरतपुरमा विजय सुवेदी उम्मेदवार बन्दैछन् ।
सेयर गर्नुहोस्






















