मकवानपुरगढी गाउँ पालिका अध्यक्ष पदमा कृष्ण कडेंलको स्वतन्त्र उम्मेद्ववारी दर्ता

हेटौंडा टुडे
२०७९ बैशाख ११, आईतवार १६:३६ गते

हेटौँडा/ मकवानपुर गढि गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद कडेंलले उम्मेद्वारी दर्ता गर्नु भएको छ। आज आईतबार मक्रान्चुलीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कडेंलले अध्यक्ष पदमा पहिलो उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

नेकपा एमालेको सक्रिय सगंठित सदस्यको रुपमा रहेका कडेंलले स्वत पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारमा आफनो उम्मेद्वारी दर्ता गराएका हुन । गढि-३ निवासी कडेंलले सामाजिक क्षेत्रमा विशेष योगदान दिदैँ आउनु भएको छ । उम्मेदवार दर्ताका लागि आज र भोलि बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*