हेटौंडा \ नेपाली कांग्रेस मकवानपुरको प्रवक्तामा अर्जुनप्रसाद चौलागाई मनोनित गरिएको छ । पार्टी सभापति बुद्ध लामाले चौलागाईलाई प्रवक्तामा मनोनित गरेका हुन् । सभापति लामा, उपसभापति आनन्द कठायत, सचिव भीमसेन महत, इश्वर पाठकले संयुक्त रुपमा उनलाई प्रवक्ता मनोनित गरेको पत्र हस्तान्तरण गरेका छन् । चौलागाई यसअघि अनुशासन समितिको सदस्यमा समेत मनोनित भएका थिए । चौलागाईले हेटौंडा वडा नम्बर ६ का अध्यक्ष भई एक कार्यकाल जिम्मेवारी समेत पुरा गरेका छन् ।
सेयर गर्नुहोस्






















