हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरगढी गांउपालिका वडा नम्बर तिनमा गठबन्धन दलको संयुक्त चुनाव प्रचार प्रसारका कार्यालय उद्घाट्न गरिएको छ । गठबन्धन दलले आजबाट मकवानपुरगढीको तिन नम्बर वडामा घरदैलो अभियान पनि सुरु गरेको छ ।
मकवानपुरगढी तिन देबिडाडाबाट गठबन्धन दलले चुनाव प्रसार प्रसार सुरु गरेको जनाएको छ । वडा नम्बर ३ मक्रान्चुलिमा मा गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसारका कार्यालय उद्घाटन तथा घरदैलो कार्यक्रममा नेकपा माओबादि केन्द्र जिल्ला सचिब भिम पाख्रिन , न क पो एकीकृत समाजवादीका गाँउ कमिटि सचिब रोमनाथ ,गठबन्धन दलको पालिका संयोजक राजबिर मोक्तान संयुक्त नेपालि कांगेस जिल्ला सदस्य भिम कुमारि न्यौपाने, नेपालि काग्रेस क्षेत्र नम्बर २ का संघिय सचिब बलराम घिमिर, पुर्व संघिय सभापति यतिराज सापकोटा , माओबादि केन्द्र गाँउकमिटि अध्यक्ष राजकुमार खड्का , लगायतको आतिथ्यता रहेको थियो । गाउपाँलिका अध्यक्ष दोर्जे लामा स्याङतान र उपादध्यक्ष पदका उम्मेद्वार मानकुमारि पाख्रिनले गठबन्धनलाई जिताउन मतदाता आग्रह समेत गर्नू भयो ।
गठबन्धन दलको घरदैलो कार्यक्रम अन्र्तगत २० गते मंगलबार २ नम्बर वडामा, २१ गते ४ नम्बर वडा, २२ गते ७ नम्बर वडा, २३ गते १ नम्बरको रानीसेरा र पिङडाँडामा, २४ गते ५ नम्बर वडामा, २५ गते ८ नम्बर वडामा र २६ गते ६ नम्बर वडामा गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरिने तय भएको जनाएको छ