हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा १३ हजार ९५३ मतदाताले मतदान गरेका छन् । आज शुक्रबार भएको स्थानीय निर्वाचनमा ८ वटै वडामा गरी १३ हजार ९५३ जनाले मतदान गरेको छन । १९ हजार ११८ जना मतदाता रहेको गाउँपालिकामा १३ हजार ९५३ जनाले मात्रै आफ्नो मतदान गरेका थिए ।
वडा नम्बर १ मा १९६७ मतदाता मध्ये १४५९ जनाले मतदान गरेका छन् भने वडा नम्बर २ मा ३०८० मतदातामध्ये २२८१ जनाले मतदान गरेका छन ।वडा नम्बर ३ मा २५८४ मतदाता रहेकोमा १९२६ मत खसेको थियो भने वडा नम्बर ४ मा भने २२१८ मतदाता मध्ये १५८४ मत खसेको छ ।
त्यस्तै, वडा नम्बर ५ मा ३०१२ मतदाता मध्ये २२२८ मत खसेको मतदान अधिकृत विकास श्रेष्ठले बताए । वडा नम्बर ६ मा भने २४७३ मत मध्ये १७४६ मत खसेको जनाइएको छ । वडा नम्बर ७ मा कुल मतदाता २२७३ रहेकोमा १६४८ मत खसेको छ र वडा नम्बर ८ मा कुल मतदाता १५२२ मा १०८१ मत खसेको जनाइएको छ ।
सबै वडाहरुमा शान्तिपूर्ण ढङ्गले मतदान कार्य भएको थियो । निर्वाचन अधिकृतको कार्यालय मक्रान्चुलीमा सबै वडाहरुको मतपत्र सकिएको र आजै रातिबाट सर्वदलीय बैठक बसी मत गणना सुरु गरिने निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले हेटौंडा टुडेलाई बताएका छन् ।
मकवानपुरगढी गाउँपालिकाको कुन वडामा कति प्रतिशत मत झर्यो
१ नंबर वडामा ७४. १७ प्रतिशत
२ नंबर वडामा ७४ .०६ प्रतिशत
३ नंबर वडामा ७४ .५४ प्रतिशत
४ नंबर वडामा ७१ .४२ प्रतिशत
५ नंबर वडामा ७३ .९७ प्रतिशत
६ नंबर वडामा ७० .६० प्रतिशत
७ नंबर वडामा ७२ .८६ प्रतिशत
८ नंबर वडामा ७१ .०२ प्रतिशत






















