हेटौंडा । हिजो शुक्रबार सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना अहिले बिहानबाट सुरु भएको छ। हेटौंडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो। मतगणना ४ वटा कोठामा एकै पटक सुरु गरिएको हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताएका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २, वडा नम्बर १९,र वडा नम्बर १८ को एकै पटक मतगणना सुरु गरिएको श्रेष्ठले जानकारी दिएका छन्।
सेयर गर्नुहोस्






















