मकवानपुरगढी स्याङतानको अग्रता कायमै, करिब एघार सय मत अन्तरले हुमागाई पछि

हेटौडा टुडे
१ जेष्ठ २०७९, आईतवार १७:५०

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामाको अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार दोर्जे लामा स्याङतानले बिदुर हुमागाईलाई पछाडि पारेका छ्न । गठबन्ध दलका गाउपालिका अध्यक्ष स्याङतानले वडा नम्बर १ को मतपरिणाम देखि नै हुमागाईलाई पछाडी पार्दै आफ्नो अग्रता कायम गर्दै आइरहेका छन् । वडा नम्बर १ र ८ बाट प्राप्त अन्तिम मत परिणाम अनुसार स्याङ्तानले एक हजार ४३२ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार विदुर हुमागाईले ७८० मत प्राप्त गरेका थिए । अहिले वडा नम्बर ७ र वडा नम्बर २ को  मत गणना कार्य भईरहेको छ । जसमा स्याङतानले १०९७ मतान्तरले अग्रता लिएका हुन् ।

त्यस्तै, उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार मानकुमारी पाख्रीनले  एमालेको उम्मेदवार सन्तु थिङलाई ८११ मतान्तरले पछी  पारेकी  छिन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*