मकवानपुरगढी ४ मा एमालेका तिमल्सिना निर्वाचित

हेटौंडा टुडे
२०७९ जेष्ठ ३, मंगलवार २०:३७ गते

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । नेकपा एमालेका अर्जुनप्रसाद तिमल्सिनाले ६ सय ३५ मतले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी  माओवादी केन्द्रका हेमबहादुर योन्जनले ४ सय ७० मत ल्याए थिए । त्यस्तै नेपाली कांग्रेसका देवनारायण लामिछानेले  ३ सय ९६  मत ल्याएका थिए । सो वडाबाट गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका दोर्जे लामा स्याङ्तानलाई ६६८, नेकपा एमालेका विदुर हुमागाईंलाई ६४१ मत प्राप्त भएको थियो । त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकी मानकुमारी पाख्रिनलाई ६८० र एमालेकी सन्तु थिङ्लाई ६६५ मत प्राप्त भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*