हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनबाट मकवानपुरगढी गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिलाई आज प्रमाण पत्र प्रदान गरिएको छ ।
विहीबार निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्ष र वडाका सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको हो । गाउँपालिकाका कार्यबहाक अध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता तथा निर्वाचन अधिकृत नारनप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति राजविर मुक्तान,नेकपा माओवादी केन्द्रका अध्यक्ष राजकुमार खड्का, नेकपा एस का अध्यक्ष अर्जुन प्रसाद दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
सेयर गर्नुहोस्






















