सकियो हेटौंडामा मतगणना, कुन वडामा कस्को नेतृत्व

हेटौंडा टुडे
७ जेष्ठ २०७९, शनिबार १४:०७

हेटौंडा ।   गत बैशाख ३१ गतेदेखि सुरु भएको हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य सुक्रबार बेलुकाबाट सम्पन्न मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । सम्पन्न मत गणना अनुसार, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा मीना कुमारी लामा निर्वाचित भएकी छिन् । यस्तै  हेटौंडा उपमहानगरपालिकाको उपमेयरु पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । हेटौंडाको १९ वटा वडामध्ये नेकपा एमालेले ९ वटा, नेपाली कांग्रेसले ८ वटा, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एक एक वडा जितेको छ ।

कुन वडामा कस्को नेतृत्व 

  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा संविन न्यौपाने  (कांग्रेस
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ मा विष्णु गोपाल महर्जन  (कांग्रेस
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा ढलकबहादुर थापा  (कांग्रेस)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा नविन सिग्देल  (एमाले)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ मा सुशिल घिमिरे  (एमाले)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ मा विष्णुबहादुर दाहाल (कांग्रेस)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा दामोदर गौतम (कांग्रेस)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा रामकृष्ण थापा (कांग्रेस)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा सुकराम केसी ९एकीकृत (समाजवादी)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा फूर्बा दोर्जे तामाङ  (एमाले)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा जुना दाहाल  (एमाले)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा ललितबहादुर घलान (माओवादी)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मा पेम्बा लामा  (एमाले)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मा दिपक खड्का  (एमाले)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा सुनिल मुक्तान  (एमाले)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ मा रामकृष्ण कोइराला (कांग्रेस)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ मा उद्धव सत्याल (कांग्रेस)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा अनिल कुमार बानियाँ  (एमाले)
  • हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मा नरनाथ सुवेदी  (एमाले)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*