रानी वनद्धारा मकवानपुरगढी ३ र ४ का जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

हेटौंडा टुडे
२०७९ जेष्ठ १४, शनिबार १२:५९ गते

हेटौंडा । रानी सामुदायिक वन उपभोक्ता समूह हेटौंडा ६ चौंघडाले मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ र ४ मा निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । वन समूहले मकवानपुरगढी वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे र वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिना सहित वडासदस्यहरुलाई स्वागत, बधाई एव सम्मान गरेको हो।

वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
वन समूह सल्लाहकार बलराम अधिकारी,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,कामधेनु बहुउद्धेश्यीय ऋण सहकारी संस्थाका अध्यक्ष उदय विडारी,नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा,वन समूह उपाध्यक्ष केशव धिताल, वंशगोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने लगायतको उपस्थिती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*