हेटौंडा/बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम सोमबार (आज) सार्वजनिक गर्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार सोमबार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताईएको हो ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
यही वैशाख १३ गतेदेखि बागमती प्रदेशसभाको दशौं अधिवेशन सु? भएको छ । चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए । पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो ।
सोही दिनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा प्रदेशसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।





















