हेटौंडा । हिजो बिहिबारबाट हेटौंडामा स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा सुरु भएको छ । बिहीबारबाट सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा सिमराको नव जनजागृति युवा क्लवले विजयी सुरुवात गरेको छ । आज शुक्रबार चितवनको विएफसि क्लब र काठमाण्डौको चर्चव्वाईज क्लबबीच खेल हुँदै छ । हेटौंडा(५ स्थित पिप्ले रंगशालामा हुने खेल अपरान्न ३ बजेबाट सुरु हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
सेयर गर्नुहोस्


















