हेटौडा । मकवानपुरगढी गाउँपालिकामा बाताबरण दिवसको अवसरमा कोल्ड च्याम्बर सञ्चालनमा ल्याइयको छ । आइतबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनले कोल्ड च्याम्बरको उद्घाटन गरेकी थिइन् ।
गाउँपालिकाका किसानले उत्पादन गरेका तरकारीहरु आलु लगायत अन्य वस्तुहरु राख्नको लागि संघीय सरकारबाट ११ लाख र सहकारी संस्थाबाट ११ लाख गरी २२ लाख रुपैंयाका कोल्ड च्याम्बर सहित पर्खाल, छाना छाउने काम गरिएको छ ।चार सय बोरा अट्न सक्ने २ वटा च्याम्बर रहेको जनाइएको छ । सिमलटारमा रहेको तीलगंगा बहुउद्देश्यीय सहकारी संस्थाले किसानहरुलाई उक्त सेवा प्रदान गरेको हो । हाल दर्जनौं किसानहरुको उत्पादित आलुलाई भण्डारण गरिएको छ ।
सहकारीले वातावरण दिवसको अवसरमा वृक्षारोपण समेत गर्नुका साथै जैविक मल र त्यसको प्रयोगको बारे छलफल गरिएको थियो ।संस्थाका अध्यक्ष राधिका छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाई र वडा अध्यक्ष दिपेश दहालको विशेष अतिथ्यता रहेको थियो ।कार्यक्रममा ,गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायत सहकारी संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।






















