हेटौंडा । हेटौंडाका एक जनालाई युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरिले पक्राउ गरेको छ । दुई महिनादेखि सामूहिक बलात्कार गरेको आरोपमा हेटौंडा ९ नंबरका ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार घलानले पूर्व चितवनको राप्ती नगरपालिका–६ आदर्शटोलस्थित आफू बस्ने घरमा राखेर २७ वर्षीया युवतीलाई चैतदेखि बलात्कार गर्दै आइरहेका थिए ।
जिल्ला बाहिर काम गर्दै आइरहेकी २७ वर्षीया युवती गएको चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आएकी थिइन् । बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्याई दिने भन्दै आफ्नो घरमा लगेका थिए । सोही दिन राति घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले जाहेरीमा उल्लेख गरेकी छन् ।






















