हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको प्रेस सल्लाहकारमा राजन दाहाल ‘रसिक’ नियुक्त भएका छन् ।हेटौंडा उपमहानगरपालिकाको मेयर मिना लामाले दाहाललाई प्रेस सल्लाहकारमा नियुक्त गरेकी हुन् ।
प्रेस सल्लाहकारमा नियुक्त भएका दाहाल विगत १८ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । समाजवादी प्रेस संगठन केन्द्रिय सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज रहेका दाहाल अनलाइन खबर डटकम, एभीन्युज टेलिभिजनका मकवानपुर संवाददाता तथा मकवानपुरबाट निरन्तर प्रकाशित थाहासन्देश दैनिक पत्रिकाका प्रकाशक/सम्पादक समेत हुन् ।
सेयर गर्नुहोस्


















