हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गरेका हुन् । अधिकारीलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले नेपाली कांग्रेस सधैं व्यवसायीका समस्या समाधानमा तत्पर रहेको बताए । कांग्रेसले नै आर्थिक क्षेत्रमा सरकारसंगै नीजि क्षेत्रलाई सहभागी गराउने नीति ल्याएको बताए । पोल्ट्री व्यवसायमा सक्रिय अधिकारी मकवानपुर उद्योग वाणिज्य संघका बस्तुगततर्फका उपाध्यक्ष रहेका छन् ।
सेयर गर्नुहोस्






















