हेटौंडा। जिल्लाकै नमुना विद्यालय जनप्रिय माध्यमिक विद्यालय हेटौंडा १६ मा गणित विषय शिक्षणका लागि गणित प्रयोगशालाको उदघाटन गरिएको छ । गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयमको सक्रियतामा निर्माण गरिएको प्रयोगशालाको मंगलबार हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाले उदघाटन गरेका हुन्।
उदघाटन सँगै प्रयोगमा आएको प्रयोगशालामा अंकगणित, विजगणित तथा ज्यामितीय धारणा बसाउन प्रयोग हुने सामग्री र बालबालिकाका अन्य रचनात्मक सामग्री समेत राखिएको छ।विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद पनेरुको अध्यक्षतामा भएको उदघाटन समारोहमा रोटरी क्लव मकवानपुरका अध्यक्ष रामप्रसाद शर्मा शिक्षक अभिभावक संघ का सदस्य बुद्धप्रसाद दाहाल प्रधानाध्यापक नवरज अर्याल, सहायक प्रप्रधानाध्यापक रामआशिष मण्डल,समाजसेवी धीरज कार्की, हटिया जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विजय नेपाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथी कोइरालाले जनप्रिय मावि यस्ताखाले गतिविधीले गर्दा पनि नमूमा बन्न सफल रहेको र आगामी दिनमा पनि विगत जस्तै स्थानीय सरकारका तर्फबाट होस् वा ब्यक्तिगत तर्फबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।






















