कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

हेटौंडा टुडे
२०७९ असार १०, शुक्रबार २१:३७ गते

हेटौंडा ।  कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।
सभाले आर्थिक तथा विनियोजन विधेयक समेत पारित गरेको छ । पालिकाको दशौं गाउँसभामा विधायन समितिका संयोजक भुवनसिं घलानले आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ प्रस्तुत गरेका थिए । बैठकले आर्थिक तथा विनियोजन विधेयक सर्वसम्मत पारित गरेको हो

गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने भएको छ । पालिकाको दशौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि बढाउने जनाइएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*