हेटौंडा उपमहानगरपालिका : मकवानपुरगढी दरवारमा पृथ्वीनारायण शाहको प्रतिमा राखिने

हेटौडा टुडे
१२ असार २०७९, आईतवार २१:५१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले परियोजनामा मकवानपुर गढी दरवारको लागि बजेट विनियोजन गरेको छ । आज उपमेयर राजेश बानियाँले उपमहानगरपालिकाको तर्फबाट आगामी आर्थिक वर्ष २०७९र०८० को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै मकवानपुर गढी दरवारमा पृथ्वीनारायण शाहको प्रतिमा राख्ने बताउनु भएको हो ।साथै हेटौंडा उपमहानगरपालिकाकाले ऐतिहासिक मकवानपुरगढी दरवारकोको प्रवर्द्धनका लागि गढी परिसरमा राष्ट्र निर्माता स्वर्गीय राजा पृथ्वीनारायण शाह र तत्कालिन मकवानपुर राज्यका सेनापति कनक सिं बानियाको प्रतिमा राख्ने उपमेयर बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*