हेटौडा । प्रधानमन्त्री देउवाले आइतबार साँझ एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए। देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूको शपथ आज सोमबार बिहान ११ बजे गराउने तयारी भइरहेको छ ।
एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसङ्ख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका मन्त्रीलाई यथावत् राख्दै उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
सेयर गर्नुहोस्