हेटौंडा । मदन भण्डारी फाउन्डेसनको मकवानपुरको आयोजनामा मंगलबार हेटौंडा उपमहाँनगरपालिका वडा नम्बर–९ बेथखोल्सीको पार्कमा वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको हो ।कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका एमालेका प्रमुख सचेतक दीपक निरौला, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य तथा मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो । विभिन्न जातका बिरुवाहरु रोपिएको थियो ।
सेयर गर्नुहोस्


















