मकवानपुरगढी गाँउपालिकामा मनाईयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

हेटौंडा टुडे
१५ असार २०७९, बुधबार १७:०८

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा आज बुधबार १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको छ । धान दिवसको अवसर पारेर बंशगोपाल मावि९प्राविधिक शिक्षालय०को आयोजना वडा नम्बर २ मा रहेको कुर्लेफाँटमा धान रोपाई महोत्सव मनाइएको हो ।

धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ गाउँपालिकाको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । ।
विद्यालय अध्यक्ष रामप्रसाद पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले कृषिमा आत्मनिर्भर रहन पालिकाले आवश्यक नीति कार्यक्रमका साथै बजेट ल्याएको बताए । उनले कृषि र पशुपालन क्षेत्रमा व्यवसायिकीकरण गरी आत्मनिर्भर रहनका लागि युवा लक्षित कार्यक्रमहरु पालिकामा रहेको बताए ।

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कार्यक्रममा गाँउपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन ९नेपाली०, वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बजगाई, कार्यपालिका सदस्य रामप्रसाद चौरेल, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, विद्यालयका प्रअ सन्देश मगरलगायत कृषकहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*