हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्सा जगनाथपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय नन्दु राम हजारा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार शनिबार जिल्लाको मकवानपुर गढी गाउँपालिका–३ को राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाईब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लाग्दा हजारा गम्भीर घाइते भएका थिए । उनको उपचारको हेटौंडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्


















