हेटौँडामा पहिलोपटक चार्टड एकाउन्टेन्टको पढाइ सुरु, पहिलो वर्षमै उत्कृष्ट नतीजा

हेटौडा टुडे
२५ श्रावण २०७९, बुधबार २२:२८

हेटौडा । हेटाैडामा पहिलाेपटक चार्टड एकाउन्टेन्ट CA काे पढाइ सुरु गरेकाे पेन्टागन एकेडेमीले पहिलाे वर्षमै उत्कृष्ट नतीजा हाँसिल गरेकाे छ, ICAI बाेर्ड अन्तर्गत रजिष्ट्रेशन गरि अध्ययनरत ७ जना विद्यार्थी मध्ये ३ जना डिस्टिङ्सन अंक र दुई जना उत्कृष्ट अंक सहित उत्तीर्ण भएका छन् । CA पढ्न डिल्ली, बैंङ्लाेर या भारतकाे अन्य सहरमै जानुपर्ने बाध्यता पेन्टागन एकेडेमीले हटाएकाे छ । अध्ययनशील र मिहेनत गर्ने संकाय कमर्स, साईन्स, मानविकी र शिक्षाशास्त्र संकायका विद्यार्थीले CA बनेर देशकाे आर्थिक, व्यवस्थापन एवं बैकिग क्षेत्रमा याेगदान गर्न सक्नेछन् । न्युनतम शुल्क जम्मा दुई लाख पचास हजारमै ४.५ बर्षकाे CA काेर्ष पढाउन सकिने पेन्टागन एकेडेमीकाे सन्चालक गाेविन्द चाैलागाईले बताउनुभयाे । भारत शहरकाे जुनसुकै ईन्स्टिच्युट जत्तिकै याे साे भन्दा पनि उच्च गुणस्तरीय शिक्षा CA का विद्यार्थी दिन सकिने पेन्टागन एकेडेमीका CA संयाेजक सि.ए. चिरञ्जीवी आचार्यले बताउनुभयाे । CA फाउन्डेसनकाे December मा हुने परीक्षाकाे यही August 14 सम्म रजिस्ट्रेशन गर्ने समय रहेकाेमा ईच्छुक विद्यार्थीहरुले पेन्टागन एकेडेमीमा सम्पर्क गरि रजिस्ट्रेशन गर्न सक्नुहुनेछ । बागमती प्रदेशकाे राजधानी हेटाैटामा CA काे पनि पढाइ शुरु हुनु सबै मकवानुरवासीकाे लागि खुसीकाे कुरा हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*