फेरि निस्कियो हेटौंडामा २५ मिटर तरङग, सडक मिचेर बनाएका संरचनामा डोजर चल्ने

हेटौंडा टुडे
२०७९ भाद्र १२, आईतवार १५:२६ गते

हेटौंडा । हेटौंडामा फेरि २५ मिटर तरङग सुरु भएको छ । २५ मिटर सडक फराकिलो र अवैध संरचना हटाउन उपमहानगर पालिकाले तयारी सुरु गरेको छ भने सडक मिचेर बनाएका अनधिकृत संरचना हटाउने उपमहानगरको तयारी थालेको छ । लामो समयदेखी सडक विस्तारको विवाद रहदैं आएको हेटौंडामा दशै तिहार पछि सडक विस्तारको तयारीमा हेटौंडा उपमहानगर पालिका रहेको बुझिएको छ ।

मुख्य सडकको छेउमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरु पनि ३५ दिने सुचना आजभोली प्रकाशन गरि काम सुरु गरिने मेयर मिनाकुमारी लामाले बताइन् । सिधाखबरसँग कुरा गर्दै मेयर लामाले भनिन्ः अब उपमहानगरले ३५ दिने सुचना प्रकाशन गर्छौ र नहटाइएको पाइएमा उपमहानगरले मेशिन प्रयोग गरि हटाउछौं । अरु नगरपालिकाले के गर्छन भन्ने तिर भन्दा पनि हेटौंडामा हामी नगरबासीलाई जानकारी दिएर काम गर्छौं । अब २५ मिटर सडक चौडा बनाउन अदालत सँग पनि समन्वय गरिसकेको उनले बताइन् ।

पार्किङको लागि पास गरि घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनी कारवाही गरिनुका साथै पसललाई हटाउने समेत बताइन् । चाडपर्व पश्चात उक्त कार्य गरिनुका साथै यस अघि आवश्यक छलफल गरिने बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*